Karnali Media
२०८३ भदौ १२ , शुक्रबार

नेपाल र चीनबीच १२ बुँदे सम्झौता



नेपाल र चीनबीच विभिन्न विकास परियोजनाअन्तर्गत १२ वटा सम्झौतामा हस्ताक्षर भएको छ ।

बेइजिङस्थित ग्रेटहल अफ दि पिपुलमा प्रधानमन्त्री पुष्पकमल दाहाल र चिनियाँ समकक्षी ली छ्याङबीचको भेटवार्तापछि द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको हो ।

कृषि, पूर्वाधार, विद्युतलगायतका १२ वटा परियोजनामा हस्ताक्षर भएको स्रोतले बतायो । प्रधानमन्त्री सचिवालय स्रोतले कान्तिपुर टेलिभिजनलाई भन्यो, ‘१२ वटा सम्झौता र एउटा ‘लेटर अफ एक्सचेन्ज’ मा हस्ताक्षर भएको छ ।’


सम्झौताको औपचारिक जानकारी संयुक्त प्रेस विज्ञप्तिमार्फत गराइने स्रोतले बतायो ।

प्रधानमन्त्री दाहाल र चिनियाँ समकक्षी छ्याङबीच भेटवार्ता अघि चिनियाँ जनमुक्ति सेनाले गार्ड अफ अनर प्रदान गरेको थियो । यस्तै आजै बिहान प्रधानमन्त्री दाहाल र चिनियाँ जनकंग्रेसका अध्यक्ष झाओ लिजीबीच भेटवार्ता भएको थियो ।

प्रकाशित मिति : २०८० असोज ८ गते सोमबार