Karnali Media
२०८३ भदौ २० , शनिबार

२८ बर्षीया महिलालाई बलात्कार गरेको आरोपमा १३ बर्षका बालक पक्राउ



बझाङमा २८ बर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले १३ वर्षीय नाबालकलाई पक्राउ गरेको छ।

हिंडडुल गर्न नसक्ने २८ वर्षीय महिलालाई जबरजस्ती करणी गरेको आरोपमा ती बालकलाई पक्राउ गरिएको बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक डीएसपी भरत शाहले जानकारी दिए। जबरजस्ती करणी गरी फरार भएका बालकलाई प्रहरी पोष्ट बगडगाँउबाट खटिएको टोलीले बालुवाटार भन्ने ठाउँबाट नियन्त्रणमा लिएको उनले बताए।


डीएसपी शाहकाअनुसार पीडित महिलाकी हजुरआमाले करणी गरेको थाहा पाएपछि स्थानीयलाई घटनाबारे बताएकी थिइन्।

प्रकाशित मिति : २०८० असोज ८ गते सोमबार