अब कुरा सु-शासनको, नगरेकै वेश हुन्छ,
जाहाँ सदन भित्र अपराधीकै प्रवेश हुन्छ!लुटिन्छ अस्मिता र मारिन्छन् निर्मलाहरु
हत्यारा लुकाउने यस्तो पनि देश हुन्छ ?काहाँ जावस पीडित न्यायको भिक माग्न,
अपराधी छुटाउन न्यायालयकै आदेश हुन्छ ।मलाई त्यही देशको नागरिक बन्नु छ,
जहाँ अखण्ड हिमाल ,पहाड संगै मधेस हुन्छ।
गजल लेखक तिर्थराज पुरी गजल, गीत, मुक्तक, हाइकु, कविता लेखक तथा सर्जक हुन ।
तिर्थराज पुरी । सोमबार, असोज ०८, २०८० मा प्रकाशित