Karnali Media
२०८३ असार ११ , बिहीबार

सन्दीप लामिछाने एसियाडका लागि चीन तर्फ लागे



क्रिकेटर सन्दीप लामिछाने एसियाली खेलकुद (एसियाड) का लागि चीनतर्फ लागेका छन् ।

एसियाडका लागि नेपाली टोली चीन गएपछि सन्दीप मुद्दाका कारण रोकिएका थिए ।आइतबारदेखि सुरु हुने भनिएको मुद्दाको सुनुवाइ रोकिएपछि पनि उनी चीन जान मानेका थिएनन् । आफू मानसिक रुपमा तयार नभएको सन्दीपले क्रिकेट संघका पदाधिकारीलाई बताएका थिए ।


तर क्रिकेट संघका पदाधिकारीहरुसँग थप छलफलपछि उनी मंगलबार चीनतर्फ लागेका हुन् ।एसियाली खेलकुदको क्रिकेटमा नेपालले भोलि बुधबार मंगोलियासँग खेल्दैछ ।

प्रकाशित मिति : २०८० असोज ९ गते मंगलबार