बागलुङको प्रमुख जिल्ला अधिकारी (प्रजिअ)मा खगेन्द्र रिजाल नियुक्त भएका छन् । तत्कालीन प्रजिअ रोशनी कुमारी श्रेष्ठको भक्तपुर प्रशासनमा सरुवा भएसँगै रिक्त बागलुङ प्रशासन प्रमुखमा रिजाललाई पठाइएको हो । यसअघि उनी भक्तपुरको प्रजिअ रहेका थिए ।
भदौ २५ गते गृह मन्त्रालयले मातहतका पाँच जिल्लाका प्रजिअसहित १० जना सहसचिवहरूको सरुवा गरेको थियो ।
सरुवा मिलानका क्रममा रिक्त हुन पुगेका जिल्लामध्ये बागलुङमा रिजाल गएका हुन् । उनले सोमबारदेखि पदभार ग्रहण गरी नियमित कामकाज शुरु गरेका छन् । रिजाल यसअघि कैलाली, सुर्खेत र भक्तपुरको प्रमुख जिल्ला अधिकारी भइसकेका छन् ।
संवाददाता । मङ्गलबार, असोज ०९, २०८० मा प्रकाशित