सुर्खेत । कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले सुर्खेत विमानस्थल विस्तार कार्य अगाडि बढाउनुपर्ने बताएका छन् ।
आज सुर्खेत विमानस्थलमा प्रेस युनियन सुर्खेतले आयोजना गरेको पत्रकार सम्मेलनमा बौल्दै उनले धावनमार्ग विस्तार गर्ने कुरामा आफु सहमत नै रहेको बताए।

सुर्खेत विमानस्थलको धावनमार्ग विस्तार कार्य अगाडि बढाउने प्रयास भइरहेको पनि जानकारी दिँदै उनले भने ‘‘उत्तरतिर विस्तार गर्ने कुरामा समस्या छैन । तर दीर्घकालीन विमानस्थलका रूपमा यो विमानस्थलले धान्न सक्दैन,’’ अहिलेको विमानस्थललाई विस्तार गर्ने कुरामा विवाद गर्नुपर्ने कुनै कारण छैन त्यसैले उपप्रधानमन्त्री खड्काले विकासमा राजनीतिक गर्न नहुने पनि बताए ।

मदन भण्डारी राजमार्गको बडिचौर बेनिघाटका सडक विस्तारको प्रक्रिया पनी अगाडि बढेको बताउनुहुँदै उहाँले चुनावको समयमा बजेट कार्यान्वयनको विषयमा जनतामाझ आश्वासन दिएका कुरा अगाडि बढेको उनको भनाइ छ । यस्तै सुशासनको मार्गचित्र कोर्ने तयारीमा सरकार लागिरहेको पनि उनले बताए ।

संवाददाता । बुधबार, असोज १०, २०८० मा प्रकाशित