सुर्खेत । सुर्खेतको विरेन्द्रनगत नगरपालिकाको वडा न. १० मा वडा विपद् व्यवस्थापन तथा जलवायु उत्थानशील योजना अनुमोदन भएको छ ।
आज शुक्रबार एक औपचारिक कार्यक्रममा वडा अध्यक्ष,वडा पदाधिकारी, वडा विपद व्यवस्थापन समितिका पदाधिकारी, वडा स्थित विभिन्न राजनिती दल, शिक्षक, कर्मचारी, बुद्धिजीवी लगायत वडाका विभिन्न व्यक्तिहरुको उपस्थितिमा तथा युवा र युवा क्लबका सदस्यहरुको सक्रिय सहभागीतामा वडा विपद् व्यवस्थापन तथा जलवायु उत्थानशील योजना अनुमोदन गरिएको हो ।
प्रयास परियोजना अन्तर्गत साझेदार संस्था फ्रेन्ड्स सर्भिस काउन्सिल नेपाल ( एफएससिएन )ले विरेन्द्रनगर नगरपालिकाकाको वडा नं. १० को वडा कार्यलयमा यो कार्यक्रम गरेको थियो ।
विरेन्द्रनगरको विपदको अबस्थाका आधारमा विपदको उच्च जोखिममा रहेको विरेन्द्रनगर नगरपालिका वडा नं. १० लाई विपदबाट हुने क्षतीलाई न्यूनीकरण गर्न तथा विपद पुर्व नै विपदको सामना गर्न तथा वडालाई सुरक्षित राख्न यस योजनाले महत्वपूर्ण भुमिका खेल्ने छ यश योजनामा यस वडामा के कस्ता विपदहरु छन र यिनै विपदलाई वडाले कसरी सामना गर्न सक्छ वडाका सम्भाबना र चुनौतिलाई विभिन्न चरणमा स्थानिय सङ्गको प्रत्यक्ष छलफलबाट विपद व्यवस्थापन विभिन्न औजारको प्रयोग गरेर यो योजना निर्माण गरिएको थियो ।
केही समयमा यो योजनालाई स्थानीयले यसमा भएका कमि कमजोरी के छन तथा प्रतिक्रिया पस्चात यो योजनालाई पुस्तक निर्माणका लागि काम हुने प्रयास परियोजनाका लागि फ्रेन्ड सर्भिस काउन्सिल नेपालका वडा विपद् व्यवस्थापन तथा जलवायु उत्थानशील योजना निर्माण परामर्शदाता हिम्मत बिष्टले जानकारी बताउनुभयो ।
यो पुस्तक बनिसकेपछी विरेन्द्रनगर नगरपालिका १० लाई आफ्नो समुदायमा विपद व्यवस्थापनका लागि काम गर्न ठूलो सहयोग मिल्नेछ । ५ बर्षको लागि बनाईएको यो योजनालाइ आबश्यकताको आधारमा परिमार्जन पनि गर्न सकिनेछ ।
“प्रयास परियोजनाले गरेको यो काम र सहयोगले आफ्नो वडालाई विपदबाट बचाउन ठूलो सहयोग पुग्ने भएकोले प्रयास परियोजनालाई धन्यवाद दिन चाहान्छु यस्तै यसमा मैले गर्न सक्ने सपुर्ण सहयोग र जिम्मेवार बहन गरि आफ्नो कार्यकालमा यसलाई प्रभाबकारी योजना बनाउछ ।” कार्यक्रम बोल्दै वडा नं. १० का वडा अध्यक्ष रत्न बहादुर बुढा यस्तै उहाँले “वडालाई विपद् मैत्री बनाउन विपद् व्यवस्थापन योजनाले महत्वपूर्ण भुमिका खेल्ने” बताउनुभयो ।
प्रयास परियोजनाका लागि फेन्ड्स सभिस काउन्सिल नेपाल ( एफएससिएन ) परियोजना संयोजक अभिषेक ओझाले सहजिकरण गर्नुभएको यस कार्यक्रमलाई
युरोपियन युनियनको आर्थिक सहयोगमा भोलेन्टरी सर्भिज ओभर्सिज ( भिएसओ ), नेपाल युवा संस्था सन्जाल ( आयोन ), फेन्ड्स सभिस काउन्सिल नेपाल ( एफएससिएन ) र सामुदायिक रेडियो प्रसारक संघ ( अकोराब ) को सहकार्यमा संचालित प्रयास परियोजना र वडाको सहकार्यमा गरिएको हो ।
वडालाई विपद् मैत्री बनाउन विपद् व्यवस्थापन योजनाले महत्वपूर्ण भुमिका खेल्ने
वडालाई विपद् मैत्री बनाउन विपद् व्यवस्थापन योजनाले महत्वपूर्ण भुमिका खेल्ने
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
संवाददाता । शुक्रबार, माघ २१, २०७८ मा प्रकाशित