सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेशको अध्यक्षको लागि उम्मेदवारी दिएका दैलेखका राजबहादुर शाही र कालिकोटका प्रेम बहादुर सिंहले उम्मेदवारी फिर्ता लिएका छन्।
नेकपा एमालेको कर्णाली प्रदेश कमिटीको लागि सर्वसम्मत हुन नसकेपछी आज निर्वाचन हुँदैछ । उम्मेदवारी फिर्ता लिन तोकिएको अन्तिम समयमा उनिहरुले आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन्। पूर्वमन्त्री समेत रहेका कालीकोटका सिंह र पूर्वसभामुख राजबहादुर शाहीले शुक्रबार आफ्नो उम्मेदवारी दर्ता गराएका थिए।
शनिबार उनिहरुले उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृत मातृका खनालले जानकारी दिए । अब अध्यक्षका लागि गुलावजंग शाह, मीनबहादुर शाही, प्रकाश रोकायाबीच प्रतिस्पर्धा हुने भएको छ।
संवाददाता । शनिबार, असोज १३, २०८० मा प्रकाशित