Karnali Media
२०८३ असार १८ , बिहीबार

उषा बोर्डिङको होस्टेलमा बालकको मृत्यु भएपछि आफन्तले गरे विद्यालयमा आगजनी (भिडियोसहित)



सुर्खेत । होस्टेलमा कक्षा २ मा अध्यायनरत बालक झुण्डिएको अवस्थामा भेटिएपछि सुर्खेतको वीरेन्द्रनगर–६ स्थित उषा बालबाटिका बोर्डिङ स्कुल बालकका आफन्तले तोडफोड सहित आगजनी गरेका छन् ।

शुक्रबार विद्यालको होस्टेलमा दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिका–१ का ८ वर्षीय सलाम पुलामीमगर भुण्डिएको अवस्थामा फेला परेपछि आफन्त आन्दोलित बनेका हुन् । बालकको शव बुझ्न नमानेका आफन्तले विद्यालयमा आगजनी गरेपछि प्रहरीले हस्तक्षेप गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार, स्थिति नियन्त्रणमा लिने प्रयास भइरहेको छ ।

यस घटनाका कारण बालकका आफन्तहरु आन्दोलित भई विद्यालयमा आगजनी गर्दा पनि यस विषयमा विद्यालयले कुनै प्रतिक्रिया दिएको छैन ।


भिडियो हेर्नः

प्रकाशित मिति : २०८० असोज १३ गते शनिबार