यो वर्षको मदन पुरस्कार आख्यानकार विवेक ओझाको उपन्यास ऐँठनले पाउने भएको छ । मदन पुरस्कार गुठीको आजको बैठकले ऐँठनलाई मदन पुरस्कार दिने निर्णय गरेको हो ।
मदन पुरस्कारका लागि अन्तिम सूचीमा परेका उत्कृष्ट पाँच पुस्तकहरुमध्येबाट ऐँठन छनोट भएको हो । उत्कृष्ट पाँच पुस्तकको सूचीमा ऐँठनसहित सुविन भट्टराईको इजोरिया, द्वारिकनाथ ढुङ्गेलको चक्रव्यूहमा नेपालको जलस्रोत, प्रगति राईको थाङ्ग्रा र सञ्जय विष्टको माटाको घर परेको थियो ।
![](https://karnalimedia.com/wp-content/uploads/2023/12/1701696927664.gif)
विंस २०७८ सालको मदन पुरस्कार नवराज लम्सालको अग्निले पाएको थियो ।
![](https://karnalimedia.com/wp-content/uploads/2023/01/nawadurga.gif)
संवाददाता । आइतबार, असोज १४, २०८० मा प्रकाशित