सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेश अधिवेशनको मत गणना सुरु भएको छ ।
आइतबार (हिजो) एमाले कर्णाली प्रदेश नेतृत्व चयनका लागि गरिएको मतदानको मतगणना सुरु गरिएको छ ।
आज (सोमबार) विहान ८ बजे सुरु हुने भनिएको मतगणना अहिले सुरु भएको प्रमुख निर्वाचन अधिकृत मातृका खनालले जानकारी दिए ।
मतदान हिजो राति ९ बजे सकिएको थियो ।
आइतबार ६ सय १६ जना मतदाता मध्ये ६०९ जनाले मतदान गरेका थिए ।

संवाददाता । सोमबार, असोज १५, २०८० मा प्रकाशित