Karnali Media
२०८३ भदौ २० , शनिबार

रिगललाई आममाफी दिएको विरोधमा भारतीले थालिन रिले अनसन



आफ्ना श्रीमानको हत्या गरेको आरोपमा थुनामा रहेका गुण्डा नाइको रिगल भनिने योगराज ढकाललाई संविधान दिवसको अवसरमा आममाफी दिएपछि प्रतिवादमा उत्रिएकी नेपालगञ्जकी भारती मानन्धरले रिले अनसन सुरु गरेकी छन् ।


मानन्धरले मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै संविधान दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलबाट आममाफी पाएका ढकाललाई तत्काल थुनामै पठाउन माग गर्दै आजबाट रिले अनसन बस्ने घोषणा गरेकी थिईन् । सोही घोषणा अनुसार भारती आजबाट माईतीघर मण्डलामा रिले अनसन बस्न थालेकी हुन् ।

प्रकाशित मिति : २०८० असोज १७ गते बुधबार