अङ्ग्रेजी क्यालेन्डर अनुसार हरेक वर्ष अक्टोबर महिनाको पहिलो शुक्रबार ‘विश्व मुस्कान दिवस’ मनाइन्छ। मुस्कानले हरेक व्यक्तिको मानसिकसँगै शारीरिक स्वास्थ्यमा पनि धेरै फाइदा पुर्याउने धेरै अनुसन्धानहरूले पत्ता लगाएका छन् ।
मुस्कानले मानिसलाई धेरै फाइदा गर्छ । मुस्कानले सबै भन्दा पहिला त मानिसको तनाव कम गर्छ। मस्तिष्कले नकारात्मक सोचलाई रक्षात्मक संयन्त्रको रूपमा प्रयोग गर्दछ । मुस्कानले यसको प्रतिरोध गर्न सक्छ । त्यसैले हाँस्ने बानीले मस्तिष्कलाई राम्रो निर्णयहरू गर्न, थप सकारात्मक सोच्न र जीवनको बारेमा राम्रो महसुस गर्न मदत पुर्याउँछ ।
मुस्कानले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ र सेतो रक्त कोशिकाको सङ्ख्या बढाइ, रक्तचाप कम गर्न मदत गर्छ, जसले सङ्क्रमणबाट बचाउँछ । मुस्कुराउँदा एन्डोर्फिन र सेरोटोनिन रिलिज हुन्छ जसले प्राकृतिक पीडा कम गर्न महत्व पूर्ण भूमिका निर्वाह गर्छ । मुस्कानले मानिसलाई जवान देखाउँछ अर्थात् स्वस्थ उज्यालो र आकर्षक देखाउँछ ।
नियमित रूपमा मुस्कुराउनुले मानिसहरूलाई थप आत्मविश्वासी बनाउँछ । उनीहरूको पदोन्नतिको सम्भावना बढाउँछ, र उनीहरूलाई थप पहुँचयोग्य बनाउँछ । जब बैठक वा व्यापार भेटघाटमा हुँदा मुस्कुराउँदा अन्य मानिसहरूबाट थप सकारात्मक प्रतिक्रिया पाउन सकिन्छ ।
मुस्कान लामो आयुसँग प्रत्यक्ष जोडिने धेरै अध्ययनहरूले देखाएकाे छ । मुस्कानले सकारात्मक मुड कायम राख्न र लामो समय स्वस्थ जीवन बाँच्न योगदान गर्न सक्छ।
संवाददाता । शुक्रबार, असोज १९, २०८० मा प्रकाशित