सुर्खेत । रसायन तथा मेडिकल आपूर्ति संघ नेपाल सुर्खेत शाखालले मानवसेवा आश्रम वीरेन्द्रनगरमा स्वास्थ्य सामाग्री हस्तान्तरण गरेर स्थापना दिवस मनाएको छ।
कार्यक्रममा मानवसेवा आश्रममा आवश्याक पर्ने स्वास्थ्य सामग्री उपलब्ध गराएको र आगामी दिनमा आश्रममा सकिने सहयोग गर्ने प्रतिवद्धता समेत संघमा आबद्ध व्यावसायिहरुले प्रतिवद्धता जनाएका छन्।
कार्यक्रमका प्रमुख अतिथी सामाजिक बिकास समितिका सभापतिमा घनश्याम भण्डारी, अध्यक्ष कल्पना विष्ट, उपाध्यक्ष रविन्द्र थापा, महासचिव श्याम विष्ट, काेषाअध्यक्ष शिवलाल खराल, सदस्य पुर्ण बहादुर खड्का मनवसेवा आश्रम युवा परिवार संयोजक महेन्द्र कुमार थापा लगायतको उपस्थित थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी सामाजिक बिकास समितिका सभापतिमा घनश्याम भण्डारीले विज्ञान प्रविधीको विकासले विश्व चन्द्रमामा पुगेको र आणबिक अस्त्रसस्त्र निर्माण गरेको समयमा मानवतामा ह्रास आएको बेला कर्णालीका सिमान्तकृत ९० जना सडक मानवको उद्धार गरेर मानवता प्रर्वद्धनमा सक्रियता पुर्बक लागेकोमा मानवसेवा आश्रमलाई धन्यवाद व्यक्त गर्दै उनले भने, ‘जन्मपछि अन्तिम सत्य मृत्यु भएको र यस बीचमा सवै मानवले मानवता प्रर्वद्धनमा लाग्नु नै उत्तम कार्य हो।’ मान्छे खानाको अभावमा, एकसरो कपडाको अभावमा, औषधीको अभावमा भौतारिन पर्ने अवस्था मानवता विरुद्धको अपराध र कलङ्क भएको बताउँदै उनले यस्तो हुन नहुने बताए।
यस्तै रसायन तथा मेडिकल आपूर्ति संघ नेपाल सुर्खेत शाखा अध्यक्ष कल्पना विष्टले आगामी दिन पनि यस्ता कार्यक्रम गरेर आश्रमलाई सहयोग गर्दै जाने बताईन ।
संवाददाता । शुक्रबार, असोज १९, २०८० मा प्रकाशित