Karnali Media
२०८३ भदौ २० , शनिबार

सुदूरपश्चिम र कर्णालीबाट बाहिरियो मनसुन



नेपालबाट यो वर्षको मनसुन बाहिरिन थालेको छ। सुदूरपश्चिम र कर्णाली प्रदेशको पश्चिम भू–भागबाट मनसुन बाहिरिन थालेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार शुक्रवार सुदूरपश्चिम र कर्णाली प्रदेशको पश्चिम भू–भागबाट मनसुन बाहिरिएको हो। ’यस वर्षको मनसुन असोज १९ गतेका दिन नेपालको सुदूरपश्चिम तथा कर्णाली प्रदेशको पश्चिम भू–भागबाट बाहिरिएको छ,’ विभागले विशेष बुलेटिन जारी गर्दै भनेको छ।


नेपालको बाँकी भू–भागबाट पनि केही दिनमा मनसुन बाहिरिने सम्भावना रहेको महाशाखाले जनाएको छ। सुदूर र कर्णालीबाट मनसुन बाहिरिए पनि आज कोशी, मधेश, बागमती र लुम्बिनी प्रदेशका एक दुई स्थानमा छिटपुटदेखि हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ।

प्रकाशित मिति : २०८० असोज २० गते शनिबार