नेपालबाट यो वर्षको मनसुन बाहिरिन थालेको छ। सुदूरपश्चिम र कर्णाली प्रदेशको पश्चिम भू–भागबाट मनसुन बाहिरिन थालेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार शुक्रवार सुदूरपश्चिम र कर्णाली प्रदेशको पश्चिम भू–भागबाट मनसुन बाहिरिएको हो। ’यस वर्षको मनसुन असोज १९ गतेका दिन नेपालको सुदूरपश्चिम तथा कर्णाली प्रदेशको पश्चिम भू–भागबाट बाहिरिएको छ,’ विभागले विशेष बुलेटिन जारी गर्दै भनेको छ।
![](https://karnalimedia.com/wp-content/uploads/2023/12/1701696927664.gif)
नेपालको बाँकी भू–भागबाट पनि केही दिनमा मनसुन बाहिरिने सम्भावना रहेको महाशाखाले जनाएको छ। सुदूर र कर्णालीबाट मनसुन बाहिरिए पनि आज कोशी, मधेश, बागमती र लुम्बिनी प्रदेशका एक दुई स्थानमा छिटपुटदेखि हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ।
![](https://karnalimedia.com/wp-content/uploads/2023/01/nawadurga.gif)
संवाददाता । शनिबार, असोज २०, २०८० मा प्रकाशित