Karnali Media
२०८३ असार १८ , बिहीबार

जिप दुर्घटनाका घाइतेहरूको उद्धारका लागि वायुसेवा निगमको जहाज हुम्ला पठाइयो



जिप दुर्घटनाका घाइतेहरूको उद्धारका लागि वायुसेवा निगमको जहाज हुम्ला पठाइयो

सुर्खेत । हुम्लामा भएको दुःखद जिप दुर्घटनाबाट गम्भीर घाइतेहरूको उद्धारका लागि वायुसेवा निगमको जहाज हुम्ला पठाइएको छ ।

सोमबार समाजिक सञ्जाल मार्फत संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले हुम्लामा भएको दुःखद जिप दुर्घटनाबाट नौ जना गम्भीर घाइते भएको उनीहरूको उद्धार गर्न वायुसेवा निगमको जहाज हुम्ला पठाइएको जानकारी दिए ।

उनले लेखेका छन्,‘ हिजो हुम्लामा भएको दुःखद जिप दुर्घटनाबाट नौ जना गम्भीर घाइतेहरूलाई उद्धार गर्न वायुसेवा निगमको जहाज हुम्ला पठाइएको छ । बिरामीहरूको शीघ्र स्वास्थ्य लाभको कामना । अन्य क्षेत्रमा उडान प्रभावित हुन गई असुविधा पर्न गएमा क्षमा प्रार्थी छौँ । मानवीयताको नाताले माफी दिनु हुन्छ भन्ने पूर्ण विश्वास छ ।’


बिरामीहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै,अन्य क्षेत्रमा उडान प्रभावित हुन गई असुविधा पर्न गएमा क्षमा प्रार्थी रहेको उनको भनाई छ ।

हिजो सिमकोट गाउँपालिका –५, ग्वाले ढुस्कामा सिमिकोटबाट ठेहेतर्फ जाँदै गरेको बोलेरो जिप दुर्घटना भएको थियो ।

प्रकाशित मिति : २०८० असोज २२ गते सोमबार