Karnali Media
२०८३ जेठ २६ , मंगलबार

सुदूरपश्चिम प्रदेश सरकारले इजरायलमा ज्यान गुमाएका विद्यार्थीको परिवारलाई जनही २ लाख दिने



इजरायलमा ज्यान गुमाएका सुदूरपश्चिमका ७ जना परिवारलाई सुदूरपश्चिम प्रदेश सरकारले जनही दुई लाख रुपैयाँ दिने भएको छ ।

सोमबार मुख्यमन्त्री कमलबहादुर शाहले इजरायलमा हमासको आक्रमणबाट ज्यान गुमाएका सुदूरपश्चिमका सात जना विद्यार्थीका परिवारलाई सरकारले जनही दुई लाख रुपैयाँ उपलब्ध गराउने जानकारी दिएका हुन् ।


मुख्यमन्त्री शाहले विज्ञप्ति जारी गरी इजरायलबाट शव ल्याउन सहजीकरण गरिदिन केन्द्र सरकारलाई आग्रह गरेका छन् ।

इजरायलमा भएको हमलामा परी आइतबार १० जना नेपालीको मृत्यु भएको थियो । तीमध्ये ७ जना सुदूरपश्चिमका छन् ।

प्रकाशित मिति : २०८० असोज २२ गते सोमबार