आफ्ना १० विद्यार्थी इजरायलमा मारिएको शोकमा सुदूरपश्चिम विश्वविद्यालयले मंगलबार बिदा दिएको छ।
सुदूरपश्चिम विश्वविद्यालयबाट इजरायल गएका १० विद्यार्थीले प्यालेस्टाइनको हमास समूहको आक्रमणमा परी ज्यान गुमाएका थिए।
![](https://karnalimedia.com/wp-content/uploads/2023/12/1701696927664.gif)
कृषि विषय अध्ययन गर्न गएका विद्यार्थी दक्षिण इजरायलको किबुज अलमुम भन्ने ठाउँमा कार्यरत थिए। गत शनिबार प्यालेस्टाइनको हमास लडाकु समूहले आक्रमण गर्दा उनीहरूको मृत्यु भएको हो। केही विद्यार्थी घाइते छन्।
![](https://karnalimedia.com/wp-content/uploads/2023/01/nawadurga.gif)
संवाददाता । मङ्गलबार, असोज २३, २०८० मा प्रकाशित