दैलेख । दुल्लु नगरपालिकाका कर्मचारीहरुले आज पेन डाउन गरेर आन्दोलन गरेका छन् । संघीय निजामती ऐनमा आफ्ना मागहरू सम्बोधन हुनुपर्ने माग राख्दै यतिबेला देशभरका स्थानीय तहका कर्मचारीले आन्दोलन गरिरहेका छन् ।
सोही आन्दोलनमा ऐक्यवद्धता जनाउँदै दुल्लु नगरपालिकाका कर्मचारीले आज पेन डाउन गरेका हुन ।
स्थानीय तह कर्मचारी संघर्ष समिती दुल्लु नगरपालिका दैलेखले विभिन्न ११ बुदामा मागहरु राख्दै पालिकामा कार्यरत कर्मचारीले पेन डाउन गरेका हुन । जसका कारण कार्यालयबाट प्रवाह हुने नियमित सेवा समेत प्रभावित भइरहेको छ ।
स्थानीय तहका कर्मचारीले विभिन्न माग राखी देशभर आन्दोलन गर्दै आएका छ्न् । जसमा संघिय निजामती सेवा ऐनको सट्टा एकिकृत निजामती सेवा ऐन जारी गरिनुपर्ने, निजामती परिभाषा भित्र स्थानीय तहका कर्मचारीहरुलाई समेटिनुपर्ने, तीनै तहका कर्मचारीको समान वृति बिकासको व्यवस्था गरिनुपर्ने, स्थानीय तहमा कार्यरत कर्मचारीको कर्मचारी कल्याणकोषको अनिवार्य व्यवथा हुनुपर्ने, स्थानीय सेवाका कर्मचारीहरुलाई टे«ड युनियनको अधिकार प्रदान गरिनुपर्ने, अस्थायी तथा करार कर्मचारीको उचित व्यवस्था गरिनुपर्नेजस्ता माग कर्मचारीहरुले राखेका छन् ।
संवाददाता । मङ्गलबार, असोज २३, २०८० मा प्रकाशित