काठमाडौं,२५ असोज । गृह मन्त्रालयले चार जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) हेरफेर गरेको छ ।
मन्त्रालयले जिम्मेवारी हेरफेर गर्दै दोलखाका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलालाई सर्लाहीमा पठाएको छ । सर्लाहीमा प्रजिअ रहेका इन्द्रदेव यादवलाई भने इलामको प्रमुख जिल्ला अधिकारी बनाइएको छ ।
इलामका प्रजिअ श्रवणकुमार पोखरेललाई भने बाँके पठाइएको छ । बाँकेमा प्रमुख जिल्ला अधिकारी रहेका विपिन आचार्यलाई भने गृह मन्त्रालयमा सरुवा गरिएको छ ।
गृहमा रहेका टुवाराज पोखरेललाई दोलखाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ ।
संवाददाता । बिहिबार, असोज २५, २०८० मा प्रकाशित