Karnali Media
२०८३ असार ९ , मंगलबार

संसदको चालु अधिवेशन भोलिदेखि अन्त्य हुने



काठमाडौं । संघीय संसदको चालु अधिवेशन भोलि (शुक्रबार) देखि अन्त्य हुने भएको छ ।संसद सचिवालय स्रोतका अनुसार सरकारले भोलि मध्यराति १२ बजेदेखि चालु अधिवेशन अन्त्य गर्न पत्र पठाएको छ ।

प्रतिनिधि सभाको बैठक भोलि दिउँसो २ बजेका लागि बोलाइएको छ ।

संसदको यो अधिवशेन गत वैशाख २४ गते सुरू भएको थियो ।


अधिवेशन अन्त्य गर्ने सरकारको पत्र पाएपछि सभामुख देवराज घिमिरेले प्रमुख दलका प्रमुख सचेतकहरूसँग परामर्श गरेका थिए ।

त्यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दलका नेताहरूसँग अधिवेशन अन्त्यबारे छलफल गरेका थिए ।

२८ गतेदेखि दसैं पनि सुरू हुने भएकाले भोलि नै अधिवेशन अन्त्य गर्नु उपयुक्त हुने रायपछि सरकारले संसदलाई पत्र पठाएको हो ।

प्रकाशित मिति : २०८० असोज २५ गते बिहीबार