सुर्खेत । सुर्खेत वीरेन्द्रनगरमा रहेको पिपलबोट बचत तथा ऋण सहकारी संस्थाको २१औँ बार्षिक साधारणसभा सम्पन्न भएको छ ।
सभामा संस्थाका अध्यक्ष बल बहादुर सार्कीले बार्षिक प्रगती प्रतिवेदन तथा प्रस्तवित निती कार्यक्रम ,कोषाध्यक्ष खेमराज रावतले आर्थिक प्रतिवेदन तथा आगामी बर्षको बजेट,डिल्लीराम लम्सालले आन्तरिक लेखापरिक्षण प्रतिवेदन, मनिराम भण्डारीले ऋण उपसमितिको प्रगति प्रतिवेदन, मान बहादुर बसेलले शिक्षा उपसमितिको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।
प्रस्तुत प्रतिवेदन अनुसार संस्थाले संस्थाको कुल पूँजी २० करोड पुगेको जनाइएको छ । २२ बर्ष अघि समाजसेवी नेत्र बहादुर कार्की सहितको २७ जनाले स्थापना गरेको पिपलबोट बचत तथा ऋण सहकारी २७०० रुपैयाँबाट सुरु गरेर हाल २० करोड नघाएको संस्थाका कोषाध्यक्ष खेमराज रावतले जानकारी दिएका छन् ।
संस्थाको साधारण सभामा बिभिन्न बिद्यामा गरी २९ जना शेयर सदस्यहरु सम्मानित एवं पुरस्कृत हुनु भएको छ । पिपलबोट बचत तथा ऋण सहकारी संस्था प्रोबेशन मापदण्ड भित्र रहेको र आफ्ना गतिविधि पनि सोही अनुसार गरिरहेको सचिव गणेशमान खनालले जानकारी दिए । २७ जनाबाट सुरुवात गरेको पिपलबोट बचत तथा ऋण सहकारी संस्थाले बाईसौ बसन्त पार गर्दैगर्दा २८०१ सदस्य पुर्याएको छ । साथै साधारण सभामा १९०० बढी सदस्यको उपस्थीती भएको छ । यसैगरी संस्थाले आगामी वर्षका लागि करिव २५ करोडको वासलात रहनेगरी निति कार्यक्रम पारित समेत भएको छ ।
संस्थाका अध्यक्ष बल बहादुर सार्कीको अध्यक्षता कर्णाली प्रदेश सभा सदस्य माननीय यामलाल कंडेलको प्रमुख आतिथ्यतामा तथा वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख निलकंण्ठ खनालको विशेष आतिथ्यता र अन्य अतिथिहरुको उपस्थीतीमा पिपलबोट बचत तथा ऋण सहकारी संस्थाको २१ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ प्रबन्धक रमेश खनालले कर्णाली मिडियालाई जानकारी दिए ।
बार्षिक साधारणसभाका तस्बिरहरूः
संवाददाता । शनिबार, असोज २७, २०८० मा प्रकाशित