Karnali Media
२०८३ साउन १० , आइतबार

एकैदिन २९ सय रुपैयाँले बढ्यो सुनको मूल्य



नेपाली बजारमा आज सुनको मूल्य ह्वात्तै बढेको छ । शुक्रबार प्रतितोला १ लाख १० हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज तोलामा २९ सय रुपैयाँले बढेर १ लाख १३ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै तेजावी सुनको मूल्य पनि प्रति तोलामा २८ सय ५० रुपैयाँले बढेर १ लाख १२ हजार ४ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा ४५ रुपैयाँ बढेर प्रतितोला १ हजार ३ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।


आज प्रति १० ग्राम छापावाल सुनको मूल्य ९६ हजार ८ सय ८० रुपैयाँ, १० ग्राम तेजावी सुनको मूल्य ९६ हजार ४ सय १० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार १ सय ९२ रुपैयाँ कायम रहेको छ ।

प्रकाशित मिति : २०८० असोज २८ गते आइतबार