पूर्वराजा ज्ञानेन्द्र शाहले विजयादशमीका दिन सर्वसाधारणलाई टीका लगाइदिने भएका छन् । पूर्वराजा शाह र पूर्वरानी कोमल शाहले शुभेच्छुक तथा सर्वसाधारणलाई टीकाको दिन अपराह्न ४ बजेदेखि टीका लगाइदिने उनको सचिवालयले जनाएको छ ।
ज्ञानेन्द्रले शुभेच्छुक र सर्वसाधारणलाई टीका महाराजगञ्जस्थित निर्मल निसावमा टीका लगाइदिने बताइएको छ । अघिल्ला वर्षका दसैंहरुमा पनि ज्ञानेन्द्रले शुभेच्छुक र सर्वसाधारणलाई टीका लगाइदिँदै आएका थिए । उनको हातको टीका थाप्न जानेहरुको भीड लाग्ने गरेको छ ।
संवाददाता । आइतबार, असोज २८, २०८० मा प्रकाशित