दैलेख । दुल्लु नगरपालिका १३ मा रहेको मालिका स्वास्थ्य चौकीमा स्वास्थ्य समाग्री हस्तान्तरण गरिएको छ । दुल्लु १३ निवासी समाजसेवी तथा नेकपा माओवादी केन्द्र का नेता डम्मर बहादुर शाहीको पहल तथा समन्वयमा स्वास्थ्य सेवा विभाग टेकु काठमाण्डौबाट मालिका स्वास्थ्य चौकीमा औषधी तथा स्वास्थ्य सामग्री उपलब्ध गराईएको हो ।
समाजसेवी शाहीले ढुवानी खर्च समेत आफै व्यवस्थापन गरेर स्वास्थ्य चौकी मालिकामा एक कार्यक्रमका बीच उक्त स्वास्थ्य सामाग्री स्वास्थ्य चौकी प्रमुख नगेन्द्र बहादुर सापकोटा लाई हस्तान्तरण गरेका छन् । स्वास्थ्य चौकीलाई हस्तान्तरण गरिएका सामाग्रीहरुमा सर्जिकल मास्क १३ सय ५० पिस, केएन95 मास्क ३ सय ५० पिस, सिटामोल ५०० मिलिग्राम एक हजार ट्यावलेट, डिजिटल विपि सेट २ पिस, जिवनजल सात सय पाकेट, डिस्पोजल एप्रोन १ सय २० वटा, डिजिटल थर्मोमिटर २ वटा, सेप्टस चस्मा १३ वटा, सेप्टि गमबुट ७ जोडा, स्यानिटाईजर ४५० मिलिमिटर ३ बोतल, लुज ग्लोव्स एक सय वटा, पल्स अक्सिमिटर ३ वटा र एक अक्सिजन कन्सिटेटर उपलब्ध गराईएको हो ।
स्वास्थ्य सामाग्री हस्तान्तरण गर्दै समाजसेवी तथा नेकपा माओवादी केन्द्रका नेता डम्बर बहादुर शाहीले मालिका स्वास्थ्य चौकीमा बिरामीको चाप अत्यन्तै धेरै रहेको र यसको व्यवस्थापनका लागि स्वास्थ्य सेवा विभाग टेकु काठमाण्डौसंग समन्वय र पहल गरि उक्त सामानहरु स्वास्थ्य चौकी मालिकालाई उपलब्ध गराईएको जानकारी दिए ।
यस्तै स्वास्थ्य चौकी प्रमुख नगेन्द्र बहादुर सापकोटाले दुल्लु नगरपालिकामा दुल्लु अस्पताल पछि सबै भन्दा धेरै बिरामी सेवा लिन आउने संस्था मालिका स्वास्थ्य चौकी भएको र यहाँ बिरामीको अनुपातमा ओैषधि उपकरण अभाव हुने गरेकोले यो सहयोग ले स्वास्थ्य संस्थालाई केहि राहत भएको र आगामी दिनहरुमा पनि स्वास्थ्य संस्थालाई सक्दो सहयोग गर्न सम्पुर्ण सम्पूर्णमा आग्रह समेत गरेका छन् ।



