सुर्खेत । कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक भिम प्रसाद ढकाल उत्कृष्ट सृजनशिल कार्य पुरस्कारबाट पुरस्कृत भएका छन् । नेपाल प्रहरी प्रधान कार्यालयले गरेको मुल्याङ्कनमा कर्णाली प्रदेश प्रहरीले उत्कृष्ट शृजनशील कार्य गरेको पाईएको छ ।
नेपाल प्रहरी प्रधान कार्यालयले देशभरका प्रहरी कार्यालयमा गरेको प्रहरी कार्यदक्षता मुल्याङ्कन २०८० मा देशभरीको मुल्याङ्कनबाट उत्कृष्ट सृजनशील कार्य गरेको भन्दै नेपाल प्रहरी प्रधान कार्यालयले प्रहरी दिवसका अवसरमा प्रहरी नायब महानिरीक्षक ढकाललाई पुरस्कृत गरेको छ ।
संवाददाता । मङ्गलबार, असोज ३०, २०८० मा प्रकाशित