Karnali Media
२०८३ असार १८ , बिहीबार

वीरेन्द्रनगरमा ‘रिकभरिङ्ग कप’ आजबाट सुरु



सुर्खेत । ‘रिकभरिङ कप फुटबल प्रतियोगिता २०८०’ आजबाट सुरु भएको छ। रिकभरिङ नेपाल कर्णाली प्रदेशले आयोजना गरेको ‘हाम्रो गोल लागुऔषध विरुद्दको बोल’ भन्ने मुल नारा साथ आज देखि ‘रिकभरिङ कप २०८०’ को सुभारम्भ गरिएको हो ।

रिकभरिङ कपको शुभारम्भ कार्यक्रममा कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक भिम प्रसाद ढकालको प्रमुख आतिथ्यता रहेको थियो । रिकभरिङ कप वीरेन्द्रनगर ५ मा रहेको चिसापानी खेल मैदानमा भएको थियो ।


आज खेलपरोपकार पुनर्स्थापना केन्द्र र एकता पुनर्स्थापना केन्द्रबीच भएको पहिलो खेलमा परोपकार पुनर्स्थापना केन्द्र २-० विजयी भएको छ ।

यस्तै आजै भैरब युवा ससक्तिकरण केन्द्र र हाम्रो साथि पुनर्स्थापना केन्द्रबीच भएको दोस्रो खेलमा हाम्रो साथि पुनर्स्थापना केन्द्र २-० को अन्तरले विजयी भएको छ ।

प्रकाशित मिति : २०८० कात्तिक १ गते बुधबार