सुर्खेत । अप्टिमिस्ट क्लब अफ सुर्खेतले सुचनाको हक सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।
शुक्रबार वीरेन्द्रनगरमा वीरेन्द्रनगर नगरपालिका वडा न. ५ को समन्वय तथा जिल्ला प्रहरी कार्यलय सुर्खेत, लियो क्लब अफ भैरब स्थान, नेपाल रेडक्रस सोसाइटी उपशाखा ५,६, कर्णाली हिरा, जिल्ला बाल संगठन, सुर्खेतको सहकार्यमा एक दिने सुचनाको हक सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न भएको हो ।
विकासमा पारदर्शिता अभिवृद्धिका लागि सुचनाको हकको जानकारी र प्रयोग आवश्यक रहेकाले यो कार्यक्रम सञ्चालन गरिएको अप्टिमिस्ट क्लब अफ सुर्खेतले जनाएको छ ।
सुचनाको हकको विकासक्रम, आधारभुत धारणा, महत्व, आवश्यकता, सुचनाको शक्ति, सुचनाको हकको कानुनी व्यवस्था, सिद्धान्त र सुचना माग गर्ने तरिका लगायतको विषयहरूमा प्रशिक्षक लक्ष्मी पौडेलले जानकारी दिएका थिए ।
कार्यक्रमका संयोजक शंखर आचार्यले तालिममा सहभागीहरुलाई सुचनाको हक सम्बन्धी व्यवस्था, त्यसको प्रयोग, कानुनि व्यवस्था लगायतको अभिमुखिकरण सुचनाको हक उपभोग गर्ने कार्यमा अग्रसर हुन प्रेरित हुने छन् भन्ने विश्वास व्यक्त गरेका छन् ।
सूचनाको हक नागरिकहरुको नसर्गिक अधिकार भएको र यो अपरिहार्य भएको सहभागिहरुले जनाएका छन् ।
स्थानीय स्तरमा हुने विकास निर्माणको विषयमा नागरिकहरुले सूचनाको हकको प्रयोग गरि जानकारी लिनुपर्नेे र स्थानीय विकासमा हुने अनियमितता र भ्रष्टाचारलाई रोक्न र सुशासन कायम गर्न यस्ता किसिमका कार्यक्रमको महत्व रहेको अप्टिमिस्ट क्लब अफ सुर्खेतका अध्यक्ष राजकुमार सिजापतिको भनाई छ ।
संवाददाता । शुक्रबार, कार्तिक ०३, २०८० मा प्रकाशित