सुर्खेत । मुगुको छाँयानाथ रारा नगरपालिका वडा नम्बर ६ मन्दमा एकै परिवारको चार जनाको शव फेला परेको छ ।
श्रीदेवी बोहरा र उनका तीन जना छोराछोरीको शव फेला परेको प्रमुख जिल्ला अधिकारी मोहन बहादुर थापाले बताए । प्रमुख जिल्ला अधिकारी थापाका अनुसार घाटी रेटिएको अवस्थामा उनीहरूको शव फेला परेको हो ।
अहिले अहिले डीएसपी वीरेन्द्र थापाको नेतृत्वमा ११ जना र स्थानीय प्रहरी चौकीबाट ४जनासहित १५ जनाको टोली घटनास्थलमा पुगेर अनुसन्धान शुरु गरेको प्रजीअ थापाले बताए।
ज्यान गुमाउनेहरूमा २८ वर्षकी श्रीदेवी उनका ११ वर्षका छोरा मनोज, आठ वर्षकी छोरी अप्सरा र आठ महिनाका छोरा रहरको शव फेला परेको हो ।
श्रीदेवीका श्रीमान् दिपक बोहरा भने वैदेशिक रोजगारीका लागि कतारमा रहेका छन् ।
संवाददाता । शुक्रबार, कार्तिक १०, २०८० मा प्रकाशित