Karnali Media
२०८३ साउन ११ , सोमबार

दैलेखमा दशैँको राति भएको ग्याङ फाइटमा घाइते भएका एकजनाको मृत्यु



दैलेख । दैलेखमा दशैँको राति भएको ग्याङ फाइटमा घाइते भएका एकजनाको उपचारका क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा दैलेखको नारायण नगरपालिका–७ का २५ वर्षीय रोहन शाही रहेका छन् ।

नारायण नगरपालिका–७ मा दशैँका राति युवाहरूबीच भएको झडप भएको थियो । झडपमा परी घाइते भएका शाहीको उपचारका क्रममा सुर्खेतमा मृत्यु भएको हो ।


घटनामा संलग्न रहेको भन्दै चारजनालाई पक्राउ गरिएको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दैलेखका बताएको छ ।

प्रकाशित मिति : २०८० कात्तिक १० गते शुक्रबार