Karnali Media
२०८३ भदौ २८ , आइतबार

माननीय ठेकेदार दिक्पाल शाही ज्यू बाटो कहिले बन्छ ?



सुर्खेत । पश्चिम सुर्खेतका नागरिकले सांसद दिक्पाल शाहीको पोस्टर टाँसेर प्रश्न गरेका छन् ।

दैलेख क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद दिक्पाल शाहीको निमार्ण कम्पनी ठेक्का लिएको मदन भण्डारी राजमार्गअन्तर्गत सुर्खेत बड्डिचौरदेखि खम्बागाडे खण्डको १२ किलोमिटर सडक कालोपत्रेको लामो समयसम्म पनि काम अगाडि बढ्न नसकेपछि नागरिकल पोस्टर टासेर ‘माननीय ठेकेदार दिक्पाल शाहीज्यू बाटो कहिले बन्छ ।’ भन्दै प्रश्न गरेका हुन् ।


मदन भण्डारी राजमार्गअन्तर्गत सुर्खेत बड्डिचौरदेखि खम्बागाडे खण्डको १२ किलोमिटर सडक कालोपत्रेको लागि पूर्वाधार विकास निर्देशनालय सुर्खेत र सांसद शाहीको निर्माण कम्पनी अनक जयदेवी जेभी बाँकेबीच ४२ करोड ४७ लाख ६१ हजार रुपैयाँ लागतमा ठेक्का सम्झौता भएको थियो ।

प्रकाशित मिति : २०८० कात्तिक १२ गते आइतबार