Karnali Media
२०८३ भदौ २८ , आइतबार

मुगु घटनाको अनुसन्धान गर्न डिआइजी भिम ढकाल पुगे घटनास्थलमा



मुगुको मुन्दु गाउँमा चार जना मृत भेटिएको घटनास्थलमा कर्णाली प्रदेश प्रहरी प्रमुख डिआइजी भीमप्रकाश ढकाल पुगेका छन्।

मुगुको छायाँनाथ रारा नगरपालिका वडा नम्बर ५ मुन्दु गाउँमा चार जना मृत भेटिएकोमा अनुसन्धानमा भएका प्रगति बुझ्न र अनुसन्धानलाई थप सहयोग गर्न आइतबार डिआइजी ढकाल मुगु पुगेका हुन्।


गत शुक्रबार बिहान श्रीदेवी बोहोरा, उनका ११ वर्षका छोरा मनोज, सात वर्षकी छोरी अप्सरा र १ वर्षका छोरा रहर मृत भेटिएका थिए। उनीहरूको हत्या भएको आशंका छ। कर्णाली प्रदेश, जुम्ला र कोहलपुरबाट कुकुरसहितको प्रहरीको अनुसन्धान टोली यसअघि नै मुगु पुगेको थियो। यो टोलीले गत शनिबारदेखि अनुसन्धानको काम जारी राखेको छ।

प्रकाशित मिति : २०८० कात्तिक १२ गते आइतबार