Karnali Media
२०८३ असोज ३ , शनिबार

आज पहाडी भेगमा हल्का वर्षा र हिमाली क्षेत्रमा हिमपातको सम्भावना



अहिले बिहान देशको पहाडी भूभागमा आंशिक बदली छ। बाँकी भू–भागमा मौसम सामान्यतया सफा छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।


पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ। यस्तै उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

महाशाखाले राति देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने जनाएको छ। वर्षा, चट्याङ र हिमपातको जोखिमबाट हुनसक्ने क्षतिबाट बच्न सतर्कता अपनाउन पनि महाशाखाले आग्रह गरेको छ।

प्रकाशित मिति : २०८० कात्तिक १३ गते सोमबार