अहिले बिहान देशको पहाडी भूभागमा आंशिक बदली छ। बाँकी भू–भागमा मौसम सामान्यतया सफा छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।
![](https://karnalimedia.com/wp-content/uploads/2023/12/1701696927664.gif)
पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ। यस्तै उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ।
महाशाखाले राति देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने जनाएको छ। वर्षा, चट्याङ र हिमपातको जोखिमबाट हुनसक्ने क्षतिबाट बच्न सतर्कता अपनाउन पनि महाशाखाले आग्रह गरेको छ।
![](https://karnalimedia.com/wp-content/uploads/2023/01/nawadurga.gif)
संवाददाता । सोमबार, कार्तिक १३, २०८० मा प्रकाशित