Karnali Media
२०८३ कात्तिक २ , आइतबार

ट्राफिक चेकिङमा पर्दा नागरिक एपबाटै लाइसेन्स देखाउन सकिने



अब ट्राफिक चेकजाँच क्रममा नागरिक एपमार्फत् देखाएको सवारी चालक अनुमतिपत्र ९लाइसेन्स०ले मान्यता पाउने भएको छ।

सोमबार नागरिक एपले आफ्नो सामाजिक सञ्चालमार्फत् ट्राफिक नियम उल्लंघन नगरी सवारी चलाउँदा चेकजाँचको बखतमा नागरिक एपमा लिंक गरेको लाइसेन्सलाई मान्यता दिने व्यवस्था लागू भएको जनाएको हो।

पोस्टमा लेखिएको छ, ‘नेपाली नागरिकले ट्राफिक नियम उल्लंघन नगरी सवारी चलाउँदा चेकजाँचको बखतमा नागरिक एपमार्फत् देखाएको सवारी चालक अनुमति पत्रलाई मान्यता दिने व्यवस्था देशव्यापी रुपमा कार्यान्वयनमा आएको व्यहोरा जानकारी गराउँदछौँ।’


यदि नागरिक एपमा लाइसेन्स लिंक गरिएको छैन भने चालकहरूलाई एपमा लाइसेन्स लिंक गर्न समेत पोस्टमार्फत् अनुरोध गरिएको छ।

प्रकाशित मिति : २०८० कात्तिक १३ गते सोमबार