Karnali Media
२०८३ असार ९ , मंगलबार

ओमानद्वारा नेपाललाई १ सय ४६ रनको लक्ष्य



ओमानले आइसिसी टि२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटमा घरेलु टोली नेपाललाई समूह ए को विजेता बन्न १ सय ४६ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ ।

टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको ओमानले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ४५ रन बनाएको थियो ।


प्रकाशित मिति : २०८० कात्तिक १६ गते बिहीबार