सुर्खेत । जाजरकोट केन्द्रिबिन्दु भएर शुक्रबार राती ११ बजेर ४८ मिनेटमा गएको भुकम्पमा भएको मानविय र भौतीक क्षतीको विवरण आउने क्रम जारी छ । रुकुमको आठविसकोटमा एकैघरका ६ जना सहित १० जनाको ज्यान गएको प्रहरीले जनाएको छ ।
सानीभेरी २ को पाखापानीमा २ जनाको मृत्यु भएको वडाअध्यक्ष मनोज बीसीले बताए। जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले भुकम्पमा परी एकजनाको मृत्युको विवरण आएको र अरु पूर्ण विवरण आउन बाँकी रहेको जानकारी दिएका छन् । उनले सदरमुकाममा कम्तीमा १५ देखि २० घरमा क्षति भएको विवरण आइसकेको बताए ।
चौरजहारी नगरपालिका(७ खत्री गाउँमा भूकम्पले घर भत्किदा घाइते भएका ८ जनालाई चौरजहारी नगर प्रहरीले उद्धार गरी एम्बुलेन्समार्फत् चौरजहारी अस्पताल पठाइएको छ ।
संवाददाता । शनिबार, कार्तिक १८, २०८० मा प्रकाशित