Karnali Media
२०८३ असार १७ , बुधबार

भूकम्पले घर भत्कदा नलगाड नगरपालिका उपप्रमुख सिंहकाे मृत्यु



जाजारकोट केन्द्रविन्दु भएर गएको भूकम्पमा परी नलगाड नगरपालिका उपप्रमुख सरिता सिंहको मृत्यु भएको छ । उपप्रमुख सुतेको घर भूकम्पले भत्कदा च्यापिएर उपप्रमुख सिंहको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ ।

हालसम्म जाजारकोटमा १० जनाको मृत्यु भइसकेको छ। जिल्ला प्रशासन कार्यालयका अनुसार भेरी नगरपालिकामा २ जना, नलगाढ नगरपालिकामा ४ जना, कुशे गाउँपालिकामा ४ जना गरी १० जनाको मृत्यु भएको छ ।


मध्यराती भूकम्प आएका कारण विवरण संकलनमा भने समस्या भइरहेको छ ।

प्रकाशित मिति : २०८० कात्तिक १८ गते शनिबार