सुर्खेत । जाजरकोटलाई केन्द्र बनाएर हिजो मध्यराति गएको भूकम्पमा परी १ सय १९ जनाको मृत्यु भएको छ । यो तथ्याङ्क जाजरकोट र रुकुमको हो । १ सय ८ जना घाइते भएका छन् ।
भूकम्पले जाजरकोटमा बढी क्षति भएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रहरी वरिष्ठ उपरीक्षक एवम् प्रवक्ता गोपाल चन्द्र भट्टराईले जानकारी दिए । उनका अनुसार उद्धारका लागि सबैतिरबाट एकतृत गरी सुरक्षा फौज परिचालन गरिएको छ ।
यसैगरी घाइतेको उपचारका लागि सक्दो व्यवस्था मिलाइएको छ । उपचारका लागि हेलिकप्टरद्वारा स्वास्थ्यकर्मी घटना स्थलमा पुर्याइएको भट्टराईले जानकारी दिए । क्षतिको विवरण आउने क्रम जारी रहेको उनले बताए ।
संवाददाता । शनिबार, कार्तिक १८, २०८० मा प्रकाशित