Karnali Media
२०८३ असार १७ , बुधबार

सरकारले जाजरकोट भूकम्पमा मृत्यु हुने परिवारलाई दुई लाख राहत दिने



जाजरकोट भूकम्पमा मृत्यु हुने प्रतिपरिवारलाई सरकारले दुई लाख रूपैयाँ राहत दिने भएको छ।

आइतबार बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले मृतक परिवारलाई राहत रकम दिने निर्णय गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन्।


‘तत्काललाई प्रति मृतक परिवारलाई दुई लाख रूपैयाँका दरले राहत उपलब्ध गराउने निर्णय भएको छ,’ उनले भनिन्।

आइतबार बसेको मन्त्रपरिषद्को बैठकले भूकम्पमा घाइते भएकाको निःशुल्क उपचार गर्ने निर्णय पनि गरेको छ।

प्रकाशित मिति : २०८० कात्तिक १९ गते आइतबार