सुर्खेत । वरिष्ठ हार्डजोर्नी तथा नशा रोग विशेषज्ञ प्रा.डा. गोविद केसी भुकम्पबाट अति प्रभावित क्षेत्र जाजारकोट पुगेका छन् । सोमबार डा. केसी जाजारकोट गएका हुन् ।
जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर शुक्रबार राति गएको भूकम्पमा परी घाइते भएकाहरुको उपचारमा सहयोग पुराउने उदेश्यले डा. केसी जाजारकोट गएका हुन् । जाजरकोट केन्द्रविन्दु भएर आएको भुकम्पबाट घाइते भएका र रूकुम विरामिहरूको उपचारबारे प्रदेश अस्पताल सुर्खेतबाट जानकारी लिए पश्चात डा. गोविन्द केसी जाजारकोट प्रस्थान गरेका हुन ।
भुकम्पले जाजारकोट र रुकुम पश्चिमा धेरै क्षती पुराएको छ । अहिले घाइतेको उद्दार र रहातका कामहरु भइरहेका छन् ।
संवाददाता । सोमबार, कार्तिक २०, २०८० मा प्रकाशित