Karnali Media
२०८३ कात्तिक १ , शनिबार

जाजरकोट केन्द्रबिन्दु भएर ५.८ म्याग्निच्युडको परकम्प



जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर ५.८ म्याग्निच्युडको परकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनसन्धान केन्द्रका अनुसार रामीडाँडा केन्द्रविन्दु भएर दिउँसो ४ बजेर ३१ मिनेटमा परकम्प मापन गरिएको हो।


यसअघि गत शुक्रबार राति ११ः४७ मा सोहि स्थानलाई केन्द्रविन्दु बनाएर ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो। अहिलेसम्म जारकोट भूकम्पका परकम्प झन्डै ४०० पुगेका छन्।

प्रकाशित मिति : २०८० कात्तिक २० गते सोमबार