सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाले भूकम्प प्रभावितहरुको पुनर्स्थापना कोषमा २६ लाख सहयोग गर्ने निर्णय गरेको छ ।
वीरेन्द्रनगर नगरपालिका नगर कार्यपालिकाको मंगलबारको बैठकले कार्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको ६.४ रेक्टर स्केलको भूकम्पबाट प्रभावित क्षेत्रको पुनर्स्थापनाको लागि वीरेन्द्रनगर नगरपालिकाका १६ वटा वडाबाट १/१ लाख गरी १६ लाख र नगर विपद् कोषबाट १० लाख गरी २६ लाख रकम भूकम्प प्रभावितहरुको पुनर्स्थापनाको लागि सहयोग गर्ने निर्णय गरेको छ ।
यस्तै नगर कार्यपालिकाको बैठकले भूकम्प पीडित परिवारका बालबालिकाहरु वीरेन्द्रनगरको सामुदायिक बिद्यालयमा अध्यनरत रहेका अथवा नगरपालिका भित्र अध्ययन गर्न चाहानेका लागी नगर शिक्षा बिकास कोष मार्फत निःशुल्क रुपमा अध्ययन व्यवस्था मिलाउने निर्णय पनि गरेको छ ।
संवाददाता । मङ्गलबार, कार्तिक २१, २०८० मा प्रकाशित