गैरआवासीय नेपाली संघ एनआरएनएले जाजरकोट र रुकुमपश्चिमका चारसय जना भूकम्प पीडितलाई एक करोडको राहत वितरण गरेको छ । जाजरकोटको भेरी नगरपालिका–१ बाहुनगाउँका दुई सयघरपरिवार र रुकुमपश्चिमको आठवीसकोट नगरपालिकाको दुई सय जना भूकम्प पीडितलाई प्रभावित क्षेत्रमा पुगेर मंगलबार राहत वितरण गरेको हो ।
संघका अध्यक्ष डां बद्री केसीको नेतृत्वमा जाजरकोट रुकुमपश्चिमको प्रभावित क्षेत्रमा पुगेर त्रिपाल, खाद्यान्न, लत्ताकपडालगायतका सामाग्रीसहित दिएको हो । जिल्लाको विपद् व्यवस्थापन समिति र जिल्ला स्थित सक्रिय राजनीतिक दलको सर्वदलीय बैठकले जाजरकोटको बाहुनथान र रुकुममा।राहत वितरण गर्ने निर्णय गरेको थियो ।
विभिन्न बाध्यता र परिस्थितिले गर्दा विदेशमा भएपनि गास कटाएर यो विपदमा सहयोग गरिएको एनआरएनका अध्यक्ष बद्री केसीले बताए । हामी विदेशमा भएपनि नेपाल र नेपालीप्रतिको मायाँ धेरै छ । यहाँ आपत विपद् हुँदा हाम्रो मन रुन्छ, अध्यक्ष केसीले भने, एनआरएनमा आवद्ध साथीहरुले आफ्नो गास कटाएर दिएको रकमले सहयोग गरेका छौं ।’
![](https://karnalimedia.com/wp-content/uploads/2023/12/1701696927664.gif)
प्रति घरपरिवार ५० किलोको एक प्याक चामल, पाँच लिटर तेल, पाँच किलो दाल, साढे दुई किलो नुन, चप्पल, न्यानो लूगाकपडासहित ११ प्रकारका सामग्री वितरण गरिएको सचिव मनोज कुमार श्रेष्ठले बताए । प्रभावित क्षेत्रको घरआगनमा गएर प्रत्यक्ष रुपमा सहयोग र त्यहाँको प्रारिस्थितिलाई निहाले र अन्य आवश्यक सहयोगको जोहो गर्ने सोच बनाएको सचिव श्रेष्ठको भनाई छ । त्यहाँका पीडित परिवारलाई निरन्तर सहयोग गर्न खटिनेछौं महासचिव गौरीराज जोशीले भने । हामीले कर्णाली प्रदेश अस्पतालमा रहेका ३१ जना विरामीहरुलाई ५० हजार रुपैयाँ सहयोग गरेका छौं ।
यसैगरी संघले पहिलो चरणमा सरकारको राहत कोषमा १० लाख रुपैयाँ सहयोग गर्ने गरिसकेको छ । प्रभावित क्षेत्रका बासिन्दाको चित्कार विभिन्न सञ्चार माध्यममा देखेकाले आफै सोही स्थानमा पुगेको उपाध्यक्ष रोजिना प्रधानराईले बताइन । एक महिनासम्म पुग्ने खाद्यन्न सहित लत्ता कपडा तत्तकाललाई सहयोग गरेका छौं । अन्य आवश्यक परेको खण्डमा जेजस्तो सहयोग गर्न हामी तयार छौं । उनले भनिन्, प्रभावित क्षेत्रका बासिन्दाको माग अनुसार एनआरएनएले पुरा गर्ने छ । प्रभावित क्षेत्रमा एनकारएनएका उपमहासचिव प्रविण गुरुङ, सहकोषाध्यक्ष अभिमन्यु बस्नेत लगायत २६ जनाको टोली प्रभावित क्षेत्रको पुगेको थियो ।
![](https://karnalimedia.com/wp-content/uploads/2023/01/nawadurga.gif)
संवाददाता । बुधबार, कार्तिक २२, २०८० मा प्रकाशित