सुर्खेत । जाजारकोट भूकम्पबाट प्रभावित क्षेत्रमा नेपाल भलिबल संघले १ लाख ५० हजार राहत रकम हस्तान्तरण गरेको छ । भूकम्पबाट अति प्रभावित क्षेत्र जाजारकोटमा १ लाख र रुकुममा ५० हजार राहत रकम हस्तान्तरण गरिएको हो
नेपाल भलिबल संघले शनिबार जाजरकोट जिल्ला प्रशासन कार्यालयका प्रशासन सहायक प्रमुख र लेखापाल मार्फत नेपाल सरकारका जलस्रोत तथा उर्जामन्त्री शक्ति बहादुर बस्नेत सहितको उपस्थितीमा नेपाल भलिबल संघका केन्द्रिय सचिव मङ्गल श्रेष्ठ , जाजरकोट भलिबल संघका अध्यक्ष गणेश बिष्ट, जिल्ला सचिव अमृत मल्ल , राष्ट्रिय रेफ्री खगेन्द्र माझी, प्रदेश रेफ्री रबिन्द्र शाही, अन्तराष्ट्रिय खेलाडी कामना बिष्ट र कर्णाली प्रदेश भलिबल टिम कोच तथा व्यवस्थापक दुर्गा रेग्मी लगायत सहभागिता राहत हसतान्तरण गरिएको थियो ।
यस्तै रुकुम जिल्लामा पनि जिल्ला प्रशासन कार्यालयका प्रशासन सहायक प्रमुख मार्फत नेपाल भलिबल संघको टिम र रुकुम जिल्ला भलिबल संघका कोषाध्यक्ष तेज बुढाको सहभागितामा राहत रकम हस्तान्तरण गरिएको थियो ।
संवाददाता । शनिबार, कार्तिक २५, २०८० मा प्रकाशित