दैलेख । जाजारकोट भूकम्पमा परी मृत्यु हुने नापी कार्यलय जाजरकोटमा कार्यरत एलिना भण्डारीको परिवारलाई नेपाल निजामती कर्मचारी युनियनले सहयोग गरेको छ।
कार्तिक १७ गते जाजरकोट केन्द्रविन्दु भएको गएको भूकम्पमा परी नापी कार्यालय जाजरकोटमा कार्यरत दैलेखको दुल्लु नगरपालिका १३ की एलिना भण्डारीको मृत्यु भएको थियो ।
आज नेपाल निजामती कर्मचारी युनियन बिभागिय कार्यसमिति भुमी ब्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयका अध्यक्ष ई. दिनेश भण्डारी मार्फत मृतक भण्डारीकी आमालाई विभागिय कार्यसमितिका सदस्यहरुबाट संकलन गरिएको १ लाख १५ हजार सहयोग रकम हस्तान्तरण गरिएको हो ।
यस्तै मध्यपश्चिम नापी पेशाकर्मी समाजले सदस्य डि आर कोइराला मार्फत २० हजार सहयोग हस्तान्तरण गरेको छ ।
सहयोग हस्तान्तरणमा नेपाल निजामती कर्मचारी युनियन दैलेखका अध्यक्ष दिनेश कुमार खड्का, कर्णाली प्रदेश सामाजिक बिकास समितीका सभापती घनश्याम भण्डारी, मध्यपश्चिम नापी पेशाकर्मी समाज दैलेख संयोजक डिआर कोइराला, नेपाली काँग्रेस महासमिती सदस्य किरण कुमार भण्डारी, कर्मचारी युनियन दैलेखका उपाध्यक्ष राजन कुमार बिष्ट, नेपाली काँग्रेस प्रदेश महाधिवेशन प्रतिनिधि प्रकाशमान भण्डारी र दुल्लु नपा ६ का वडा अध्यक्ष हस्तबहादुर खड्काको उपस्थिति रहेको थियो ।
सहयोगले अमुल्य जीवन फर्केर आउन सम्भव नभए पनि आश्रीत परिवारलाई केहि राहत हुने अपेक्षा गरिएको छ।
युनियन केन्द्रिय कार्यसमितिले प्रधानमन्त्री राहत कोषमा समेत ११ लाख ११ हजार एक सय एघार रुपैयाँ रकम हस्तान्तरण गरेको छ । कोरोनाको समयमा समेत यश कार्यसमितिले बिपत कोष मार्फत समस्यामा परेकाहरुलाई सहयोग गरेको थियो।
संवाददाता । आइतबार, कार्तिक २६, २०८० मा प्रकाशित