सुर्खेत – सुर्खेतमा लागुऔषधसहित प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । बुधबार फरक–फरक स्थानबाट प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
वीरेन्द्रनगर ११ पिपिराचौकबाट सोही स्थानका २२ वर्षीय गौरव सुनार, २४ वर्षीय महेश सुनार र ४६ वर्षीय तिलाराम पुरीलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुबाट २ सय मिलिग्राम ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थ बरामद गरिएको प्रदेश प्रहरी कार्यालय कर्णालीले जानकारी दिएको छ ।
त्यस्तै वीरेन्द्रनगर ९ शान्तिटोलबाट सोही स्थानका २५ वर्षीय अजयसिंह चौधरी र २५ वर्षकै राजु गाइनलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुको साथबाट १ सय ६० मिलिग्राम ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थ बरामद गरिएको हो ।
उनीहरुलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
संवाददाता । बुधबार, माघ २६, २०७८ मा प्रकाशित