सुर्खेत । सुर्खेतकाे वीरेन्द्रनगर नगरपालिका वडा नम्बर १४ का वडाअध्यक्ष देव बहादुर रोकायाले लोकसेवा आयोगले लिएको परिक्षामा आफ्नो नाम निस्केको भन्ने कुरा गलत भएको बताएका छन् । विभिन्न संचार माध्यम र सामाजिक संजालमा वडाअध्यक्ष रोकायाले लोकसेवा पास गरेको भनेर आइरहेको भएपनि लोकसेवामा आफु पास नभएको उनले बताए ।
‘सुदूरपश्चिम प्रदेश लोकसेवा आयोगले लिएको परिक्षामा अमिनमा नाम निस्केको भन्ने आइरहेको छ । तर लोकसेवाले लिएको परिक्षाको नतिजा नै सार्वजनिक भएको छैन ।’ कर्णाली मिडियासंग कुरा गर्दै उनले भने । साथै उनले एक स्थानीय तहले काम गर्न बोलाएको र सामाजिक संजालमा लोकसेवामा नाम निस्केको भनेर हल्ला फैलिएको पनि बताएका छन् ।
वडाअध्यक्ष देव बहादुर रोकाय २०७९ सालको स्थानीय निर्वाचनमा नेकपा (एमाले)बाट निर्वाचित भएका थिए ।
संवाददाता । आइतबार, मङि्सर ०३, २०८० मा प्रकाशित