सुर्खेत । कर्णाली प्रदेश प्रहरी कार्यालयले नागरिकको गुनासा, समस्या र रचनात्मक सुझाव संकलन गर्नको लागि क्यूआर कोड सार्वजनिक गरेको छ । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले मङ्गलबार क्यूआर कोड सार्वजनिक गरेका हुन । परम्परागत तरिकाबाट दिइने सेवालाई नागरिकको सहजता र उनीहरूको पहुँच कायम गराउन द्रुत जवाफ (क्विक रेस्पोन्स) कोड सार्वजनिक गरिएको छ । यसको प्रयोग कसरी गर्ने क्यूआर कोडबाट कसरी आफ्ना गुनासा, समस्या र सुझाब राख्न सकिन्छ भन्नेबारे जान्न यो भिडियो हेर्नुहोस् ।
कर्णाली प्रदेश प्रहरी कार्यालयले सार्वजनिक गरेको क्यूआर कोडको प्रयोग कसरी गर्ने ? (भिडियो)
कर्णाली प्रदेश प्रहरी कार्यालयले सार्वजनिक गरेको क्यूआर कोडको प्रयोग कसरी गर्ने ? (भिडियो)
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
संवाददाता । बिहिबार, मङि्सर ०७, २०८० मा प्रकाशित