दैलेख । दैलेखमा श्रीमतीले खाना बनाउँने भड्डु प्रहार गरेर श्रीमानको हत्या गरेकी छन् । नौमूले गाउँपालिका–४ कालिका गाउँकी ३५ वर्षीया सीता योगीले श्रीमान ३८ वर्षीय भीमबहादुर योगीको हत्या गरेकी हुन् ।
‘योगीका छोराछोरीले बताएअनुसार पहिले श्रीमानले हात छोडेछन्, ढेडो पकाएको भड्डुले श्रीमतीले हानी छन् अनि दाउराले पनि टाउकैमा हानी छन् । अत्याधिक रगत बगेर श्रीमान् चाहिँको ज्यान गएछ’ जिल्ला प्रहरी कार्यालय दैलेखका इञ्जार्ज प्रहरी नायब उपरीक्षक (डीएसपी) किशोर लम्सालले भने ।
प्रहरीले राति नै शव दैलेख अस्पताल पुर्याएको र सीतालाई पक्राउ गरेको जनाएको छ ।
संवाददाता । सोमबार, मङि्सर ११, २०८० मा प्रकाशित