सुर्खेत – अहिले राजनिती गुटगत ढङ्गले चलिरहेको छ नेपाली काँग्रेसमा सभापति शेरबहादुर देउवा पक्ष र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच कडा प्रतिस्पर्धा चलिरहेको छ स्थानिय तह देखि केन्द्रसम्म यसैको प्रभाब छ । सुर्खेतमा पनि यसको प्रभाब देख्न सकिन्छ । सुर्खेतकाे अधिकाँश पालिकामा देउवा पक्षले प्यानल सहित विजय भएको छ ।
तर नेपाली काँग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत सुर्खेतको जिल्लाको बराहताल गाउँपालिका वडा नम्बर ९ को वडा सभापतिमा देउवा र खड्का पक्षको साझा उम्मेदवारलाई हराउँदै लोकेन्द्र रोकाया विजयी भएका छन् । उनले देउवा र पाैडेल पक्षका साझा उम्मेदवार झक्कड पुलामीलाई ६ मतले हराउँदै निर्वाचित भएका हुन् ।
देशैभर युवा पुस्ता हावी हुन खोजिरहेको समयमा कर्णालीका अधिवेशन सम्पन्न भएका जिल्लाहरुमा युवाहरुको वडा सभापतिमा लगायत अन्य पद तथा कार्यक्रममा देखिएको युवाको उपस्थितिले युवा वर्गको राजनीतिप्रतिको चासो बढेको देखिन्छ । सुर्खेतमा संस्थापन पक्ष र पौडेल पक्षतर्फबाट उम्मेदवारी घोषणा गर्ने, प्रचार प्रसार गर्ने कार्य तीव्र रुपमा छ तर यी दुवै पक्ष भन्दा पनि युवाहरुको प्रतिनिधित्व गर्दै नेपाल तरुण दल बराहताल गाउँपालिकाको अध्यक्ष समेत रहेका लोकेन्द्र रोकायाले बराहताल ९ को वडा सभापतिमा निर्वाचित भएका छन ।
राजनीतिमा अब युवा पुस्ता आउनुपर्ने र त्यसको जोखिम उठाउन युवाहरु तयार हुनुपर्ने धारणा उनकाे छ । ‘युवाको नेतृत्वविना पार्टी गतिशिल बन्न सक्दैन्,’ रोकायाले भने, ‘पार्टीप्रति युवाहरुको आकर्षण बढाउन र पार्टीको दीर्घकालिन हित हुने कामका लागि सक्रिय बन्न वडा सभापति पदका लागि चुनावी मैदानमा उत्रिएर विजयी हाँसिल गरेको हुँ । मलाई मेरो वडाका मतदाताले न्याय दिएका छन् । युवाहरुको साथ र सहयोगले वडा सभापतिमा विजय प्राप्त गरेको उनको भनाई छ ।
संवाददाता । बिहिबार, माघ २७, २०७८ मा प्रकाशित